प्रदेश १ मा यस्तो बन्यो जम्बो मन्त्रीमण्डल, कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ?

 न्यूज विराट
प्रदेश १ मा यस्तो बन्यो जम्बो मन्त्रीमण्डल, कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ?

विराटनगर, २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेसँगै आइतबार मुख्यमन्त्री राईले कांग्रेस र एकीकृत समाजवादीका तीन–तीन र माओवादी केन्द्रका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश १ मा कांग्रेसबाट शेखरचन्द्र थावालाई वन, वातावरण तथा भूसंरक्षणमन्त्री, ओमप्रकाश सरावगीलाई उद्योग, श्रम तथा रोजगारमन्त्री र प्रकाशप्रताप हाङ्गाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै माओवादी केन्द्रका संसदीय दलका उपनेता रामकुमार राई सिँचाइ तथा उर्जामन्त्री र प्रमुख सचेतक झलकबहादुर मगरलाई कृषिमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री राईले एकीकृत समाजवादीका सांसद राजन राईलाई सामाजिक विकासमन्त्री, खिनु लङ्वा लिम्बुलाई पर्यटन तथा संस्कृतिमन्त्री र उपेन्द्र घिमिरेलाई सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने छन् ।

यसअघि १६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर मन्त्रिपरिषद्को आकार बढाउने निर्णय गरेको थियो । प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस, मओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । १५ कात्तिकमा एमालेका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि १६ कात्तिकमा राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै राईले आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई नियुक्त गरेका थिए । मुख्यमन्त्री राईले उनको जिम्मेवारी यथावत राखेका छन् ।

त्यस्तै नेपाली कांग्रसका हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी हेरफेर गर्दै सडक पूर्वाधार तथा शहरी विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्कीको जिम्मेवारी यथावत राखिएको छ ।

सामाजिक विकास मन्त्री रहेका जनता समाजवादी पार्टीका नेता जयराम यादवको जिम्मेवारी फेरीएको छ । उनलाई मुख्यमन्त्री राईले स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

सामाजिक विकास राज्यमन्त्री रहेकी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेको जिम्मेवारी पनि यथावत राखिएको छ । नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

सम्बन्धित समाचार

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...

कोशी प्रदेशमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटुकाे सफल प्रत्यारोपण

एजेन्सी, २७ पुस । एक अमेरिकी पुरुष आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि ५७ वर्षका डेविड बेनेटको शरीर...

विराटनगरको शैक्षिक शान : मेरिल्याण्ड कलेज

विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...

मायादेवी मन्दिरमा दैनिक पूजा

रूपन्देही, २१ वैशाख-गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । लुम्बिनी विकास कोषका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक...

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको...

पहिलो टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ । नेपाली समय अनुसार बुधबार बिहान...

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्