पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए

 न्यूज विराट
पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए

पोखरा, ७ असार-पोखरामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका- १४ भेडीफारमका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ९० वर्षीय पुरुषको सम्पर्कमा आएका उनको पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएका पुरुष गत २ असारमा कोरोना पुष्टि भएका पोखरा– १४ का उक्त वृद्धको सम्पर्कमा आएका व्यक्ति भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङ गरी पोखरा महानगरकै क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । अर्का १ जनाको रिपोर्ट भने नेगेटिभ आएको शर्माले बताए ।

उपचारका लागि अस्पताल पुगेका वृद्धमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कका पश्चिमाञ्चल सामुदायिक अस्पतालका ५३ जनाको स्वाब लिएको थियो । उनीहरूको स्वाब परीक्षणको रिपोर्ट शनिबार नेगेटिभ आएको थियो ।

आइतबार नै कास्कीको मादी गाउँपालिकाका १९ वर्षीय युवामा पनि कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । कास्कीमा यससँगै १७ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ४९ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास...

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं, १२ असार-काठमाडौं उपत्यकासहित देशकमा विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न स्थानमा वषा भइरहेको हो । हाल...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

राष्ट्रियसभामा कांग्रेसको अवरोध

काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको...

डिएभी स्कुलले भव्य मनायो ‘ग्य्राण्ड’ अभिभावक दिवस

विराटनगर । विराटनगर महानगरपालिका १३ मा रहेको डिएभी स्कुलले भव्य कार्यक्रम आयोजना गरी ग्य्राण्ड अभिभावक दिवस मनाएको छ ।स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । ग्य्राण्ड अभिभावक दिवससँगै स्कुल परिसरमा...

दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्ष यताकै खराब : विश्‍व बैंक

काठमाडौं, १० वैशाख-विश्‍व बैंककले दक्षिण एसियाको आर्थिक वृद्धिदर विगत ४० वर्ष यताकै खराब स्थितिमा पुगेको बताएको छ । नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा यस्तो बताएका हुन् ।...

अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ । पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका...

चुनाव जित्नुअघि नै बाइडेनले सुरु गरे ट्रान्जेसन वेबसाइट

एजेन्सी, २० कात्तिक-राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै जो बाइडेनले आफ्नो ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । बीबीसीका अनुसार बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिसन वेबसाइट सुरु गरेका हुन् । यसमा लेखिएको छ, ‘देश जुन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्