नागरिकका अधिकारको संरक्षणका लागि न्यायपालिकाको भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश जबरा

 न्यूज विराट
नागरिकका अधिकारको संरक्षणका लागि न्यायपालिकाको भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश जबरा

काठमाडौं, २६ वैशाख-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुन दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्दै कामना गरेका छन् ।

उनले आज शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कूचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका उल्लेख गरेका छन् । उनले यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

‘सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीलसम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेको समेत अनुभूति गराएको छ’ सन्देशमा भनिएको छ, ‘महामारीका कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एकापसमा शुभकामना आदानप्रदान गरी यस वर्षको कानुन दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत समृद्ध सबैमा हार्दिक अपिल गर्दछु ।’

नेपाल प्रधानन्यायालय ऐन, २००८ बि.सं २००९ वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष २६ वैशाखको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपुर्‍याउन भूमिका निर्वाह गर्ने सम्पूर्ण व्यक्तित्वको योगदानको स्मरण गर्दै प्रधानन्यायाधीश जबराले यस विशेष दिनमा उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

‘न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ’ सन्देशमा भनिएको छ, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट विश्वका अधिकांश देशहरू प्रभावित भएको, लाखौँ मानिसहरू यसबाट सङ्क्रमित रहेको र २५० हजारभन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नुपरेको दुखद् अवस्था रहेको सन्देशमा भनिएको छ ।

औषधि पत्ता नलागेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको कुरा पनि सन्देशमा स्मरण गरिएको छ । रासस

सम्बन्धित समाचार

प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

एजेन्सी, असार १४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...

लाउरेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ । उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति...

फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्