
काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ ।
उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।
लाउरेलाई दुई दिनअघि पोखराको न्यूरोडबाट प्रहरीले पक्राउ गरेको थियो । लागू औषध ब्राउनसुगर खरिद गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए ।