सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

 न्यूज विराट
सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

एजेन्सी, असार १४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा भने उक्लिएको छ।

२०औँ मिनेटमा बार्सिलोनाले लुइस सुआरेजकाे गाेलबाट अग्रता लिएको थियो । तर, ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई बराबरीमा फर्काए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरे ।

त्यसपछि मेस्सीकाे एसिस्टमा पुनः सुआरेजले ६ यार्ड बक्स अगाडिबाट हेडरमार्फत दाेस्राे गोल गरेका थिए । निर्धारित समयमा तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पीकेका कारण पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका हुन् । इन्ज्युरी समयमा पनि बार्सिलाेनाका लागि खतरापूर्ण रह्याे  नोलिटोले सहज अवसरमा गोल गर्न नसक्दा बार्सिलोना हारबाट जोगियो ।

बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ गोल रहेको छ । दोस्रो स्थानको रियल मड्रिडको ३१ खेलमा ६८ अंक छ । बार्सिलाेनासँग बराबराी खेलेकाे सेल्टा भने ३२ खेलमा ३४ अंक जोड्दै १६ औं स्थानमै छ ।

सम्बन्धित समाचार

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

नयाँ वर्षमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २१ पुस । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले अंग्रेजी नयाँ वर्षको अबसरमा खाद्यान्न वितरण गरेको छ । यसअघि पनि पटक पटक वितरण गरेको क्लबले अंग्रेजी नयाँ वर्षको अवसरमा समेत मानव सेवा आश्रम, विराटेश्वर...

समाजसेवी दीनबन्धु गोयललाई भव्य नागरिक अभिन्दन

विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

प्रथम बुढीगंगा हाफ म्याराथन हुने, बिजेतालाई नगद १ लाख पुरस्कार

विराटनगर । मोरङको बुढीगंगामा कार्तिक १० गते प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । लायन्स क्बल अफ टंकिसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आयोजकले विराटनगरमा सोमबार...

कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँचलगायतका सेवाहरु सुचारू भएको छ ।तीन महिना अगाडीदेखि मोतियाबिन्दु लागेका विरामीको...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू भएको छ । विराटनगर २ स्थित शंकरपुर मार्गमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । पुस १६ गतेसम्म सञ्चालन हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्