काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध पुर्याएको बताएका हुन् । ‘यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।
प्रधानमन्त्रीले कोभिड १९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर तिहार पर्व अपनाउन आहवान गरेका छन् ।