अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

 न्यूज विराट
अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् ।

यूएस इन्टेलिजेन्स कम्युनिटी (यूएसआइसी) ले भाइरस मानव निर्मित नरहेको बताएको हो । यद्यपि यसको उद्गम थलो वा उत्पती कहाँ भएको थियो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ ।

कम्युनिटीले उपलब्ध प्रमाण र वैज्ञानिक सहमतिका हिसाबले कोरोना भाइरस कुनै प्रयोगशालामा आनुवांशिक परिवर्तन गरी नबनाइएको जनाएको छ ।

आफूहरुले भाइरसको संक्रमण मानवमा जनावर हुँदै आएको वा प्रयोगशालामा भएको दुर्घटनाका कारण फैलिएको भन्नेबारे अनुसन्धान गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस वुहानस्थित प्रयोशालाबाट आएको आफूसँग प्रमाण रहेको दाबी गर्दै आएका छन् । चीनले भने अमेरिकाको आरोपको खण्डन गरिसकेको छ । चीनले भाइरसको संक्रमण फैलिन नदिन अमेरिकाले गरेको काम पर्याप्त नभएको बताएको छ ।

सम्बन्धित समाचार

मिथिला मध्यमा परिक्रमाको प्रचण्डले गरे उद्घाटन

जनकपुर, फागुन ११–मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा...

इक्युवालिटि कप क्रिकेट फाइनलमा मोरङ र सप्तरी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी पेस

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष विपक्षी गठबन्धनले ३१ सांसदकव हस्ताक्षरसहित मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखेरललाई प्रस्ताव गरेको छ । गण्डकी ३१ सांसद नै स्वयं प्रदेश प्रमुख निवास पुगेर नयाँ सरकारमा कृष्णचन्द्रलाई प्रस्ताव...

नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल

विराटननगर, ३० भदौ । नेकपा (एमाले) मोरङको बुधबार बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा पुनः ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण...

बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, ९ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै  त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याएका छन् । ‘हामीले खोजेको भविष्य र हाम्रो...

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण 

काठमाडौं, १५ जेठ-प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो । प्रयोगशालाका...

शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा...

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसकाे माग

काठमाडाैं, १९ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्