प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण  - News Birat

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण 

न्यूज विराट

काठमाडौं, १५ जेठ-प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालाका अनुसार नयाँ संक्रमितमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ६२ जना पुगेको छ । जसमध्ये १ सय ८३ व्यक्ति निको हुँदा ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles