उदयपुरको शिवाई र मोतीगडा कोरोना खतरायुक्त क्षेत्र घोषणा, ७८ जनाको नमुना संकलन

 न्यूज विराट
उदयपुरको शिवाई र मोतीगडा कोरोना खतरायुक्त क्षेत्र घोषणा, ७८ जनाको नमुना संकलन

गाईघाट, १२ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका-५, शिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमुना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४, मोतिगडामा पनि २० जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा प्रदेश जनस्वास्थ्य कार्यालयका चिकित्सकसहितको टोलीले शिवाईमा ५८ मुस्लिम नागरिकको कोरोनासम्बन्धी स्वाब नमुना सङ्कलन गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

शिवाईको रामजानकी टोल, टोकनी टोल, बडेरुवा र अजगरा टोलमा सङ्कलन गरिएको स्वाब नमुनाको परीक्षण विराटनगरमा सम्पन्न भएर रिपोर्ट आएपछि आवश्यक परे सोहीअनुसार थप स्वाब नमुना सङ्कलन गरिने नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताए ।

भुल्केसहित मोतिगडाका ७ स्थान र शिवाईका ८ स्थानलाई अहिले स्वास्थ्य कार्यालय उदयपुरले कोरोनायुक्त वा खतरायुक्त स्थानको रूपमा राखेको कार्यालयले जनाएको छ ।

भुल्केमा १२ भारतीय मुस्लिम धर्मगुरुसहित १६ स्थानीय कोरोना सङ्क्रमित र शिवाईका ३ टोलका मुस्लिम समुदायबीच दैनिक आवतजावत र उठबस भएका कारण पनि शिवाईलाई कोरोना खतरायुक्त क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोतिगडा क्षेत्र पनि भुल्केसँगै जोडिएको र मोतिगडामा मुस्लिम बासिन्दाहरू नभए पनि भुल्केसँग आवतजावत हुने क्षेत्र भएकाले मोतिगडालाई पनि खतरायुक्त क्षेत्र घोषणा गरिएको हो ।

सम्बन्धित समाचार

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

सीसीएमसी खारेज गर्दै सरकारले गठन गर्‍यो प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति

काठमाडौं, ७ जेठ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई खारेज गर्दै प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको...

धनकुटा जिल्ला प्रशासनको पनि सेवा बन्द

विराटनगर, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा समेत जारी भएकाले प्रशासनका...

इटहरी रंगशालको आइसोलेसन प्रभावकारी

विराटनगर, १० जेठ । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले...

लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द

सुर्खेत, ८ वैशाख-कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै १ महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१०, बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक...

डियर ह्याक कार्यक्रममा हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी प्रथम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् ।मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो समिस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियरवाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको डियर...

सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ८ असार-सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका संक्रमित मध्ये...

रतुवामाईमा राजवंशी विकास समितिको भवन निमार्ण कार्य सुरु

विराटनगर, जेठ १८–मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा राजवंशी समाज विकास समितिको नगर सभाहल भवन निमार्ण हुने भएको छ । नेपाल सरको तराई मधेश समृद्धि कार्यक्रम मार्फत बहुबर्षीय योजनामा अन्तर्गत भवन निर्माण हुन लागेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्