विराटनगरमा थप एक सय बेडको सुविधासम्पन्न कोरोना उपचार केन्द्र

 न्यूज विराट
विराटनगरमा थप एक सय बेडको सुविधासम्पन्न कोरोना उपचार केन्द्र

विराटनगर २३ कात्तिक–प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्त रुपमा कोरोना सङक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा एक सय बेडको एचडिओ र अक्सिजन सहितको अस्पताल(उपचार केन्द्र) तिहार आगाडि सञ्चालन हुने भएको छ ।

प्रदेश सरकारको रु दुई करोड, विराटनगर महानगरपालिका रु २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधा सम्पन्न एचडिओ र एयरकण्डिशन सहितको एक सय वेडको उपचार केन्द्र निर्माणको कार्य द्रुतगतिमा अगाडि वढीरहेको छ । प्रदेशका लक्षण सहितका सङ्क्रमितहरुलाई उपचार केन्द्रमा राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार उपचार केन्द्रको अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट सङक्रमितहरुको उपचारमा सहज हुने बताउदै प्रदेश सरकारद्वारा सञ्चालित सवै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए ।

उनले संघिय, प्रदेशले संयुक्त रुपमा सो केन्द्रको हाताभित्र थप एक सय बेडको भेन्टिलेटर सहित विशिष्टकृत सेवा सहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० बेडको भेन्टिलेर सहितको केन्द्रका निर्माण भइरहेको जानकारी दिए ।

मन्त्री घिमिरेले सङक्रमणबाट वच्न नागरिकहरुले आफु, परिबार र समुदायको हितको लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताउदै नयाँ निर्माण हुने भेन्टिलेर उपचार केन्द्रमा २० बेड सहयोग गरेको बताए ।

सम्बन्धित समाचार

हरि बोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै

विराटनगर । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष...

‘नेपालको नयाँ नक्सा जारी गरौँ, सीमामा बाँध कसौँ’

काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...

कोरोना परीक्षण बुथ प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर, बैशाख २–कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई हस्तान्तरण गरिएको...

बुढिगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, ७ असोज । मोरङ बुढिगंगा गाऊपालिका  ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई...

अफ्ठ्यारोमा परेकालाई उद्धार र सहयोग गर्न नेकपाको अपिल

विराटनगर, चैत १२–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले आफु बसेको ठाउँको अवस्थाको सूचना राख्न र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेको छ । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले बुधबार एक...

तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, २६ जेठ-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सोमबार तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी...

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ...

विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध

विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्