भोलिदेखी प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र फिवरवाहेकका सेवा बन्द हुँदै

 न्यूज विराट
भोलिदेखी प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र फिवरवाहेकका सेवा बन्द हुँदै

विराटनगर, चैत १०–प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा भोलिदेखि आकस्मिक र फिवर सेवा वाहेकका अन्य सवै सेवा बन्द रहने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन को आयोजना गरी यस्तो जानकारी दिएका हुन् ।

उनले प्रदेश सरकारले तोकेको जिम्मेवारी पूरा गर्न स्वास्थअधिकारीहरुलाई निर्देशन पनि दिए । फ्रान्सबाट केही दिनअघि नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि मन्त्री घिमिरेले स्वास्थ्यकर्मीहरुबाट नागरिकले ठूलो अपेक्षा राखेको भन्दै जिम्मेवारी निर्वाह गर्दे कुशलता प्रर्दशन गर्न आग्रह गरे ।

यतिखेर विश्वभर कोरोनाको जोखिम बढेको भन्दै मन्त्री घिमिरेले सर्वसाधारणलाई पनि सर्तकता अपनाउन आग्रह गरेका छन् । सो अवसरमा प्रदेश १ का स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले सके सम्म घरमा सुरक्षित भएर बस्न तथा अरु व्यक्तिहरुको सम्पर्कमा नजान आग्रह गरे।

उनले शंका लागेका ब्यक्तिको सम्पर्कमा आए तत्काल चिकित्सकको परामर्शमा जान आग्रह गरे । यसैबीच मन्त्रालयले सामान्य, रुघाखोकी र ज्वरो आएमा तत्काल ९८४२०३६५९५ र ९८५२०२९१८० मा सम्र्पक गरी परार्मश अनुसारको काम गर्न समेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College