सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

 न्यूज विराट
सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनामा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो। तर, पीसीर प्रविधिबाट नमूना परीक्षण गर्दा २ जनाको पोजिटिभ र १ को नेगेटिभ रिपोर्ट आएको थियो ।

पाटन अस्पतालको आइसोलेसनमा उपचार गरिएकोमा ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष बिहीबार निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए । उनीहरूमा कोरोना संक्रमण देखिएपछि सनसिटी अपार्टमेन्टमा बस्नेहरूको कोरोना परीक्षण गरिएको थियो। उनीहरूमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

सम्बन्धित समाचार

इन्डोनेसियामा ज्वालामुखी विष्फोट : कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी, १९ मंसिर । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...

प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ३ । आज राति मुलुकका केही स्थानमा भारी वर्षाको संभावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान...

१४ दिनअघि भारतबाट फर्केका वडा अध्यक्षमा र्‍यापिड टेस्ट पोजेटिभ

जनकपुरधाम, ८ वैशाख-धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका १ वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ आएको छ ।चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा...

थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा विश्वास, आधिकारीक नभएको भगत समूहको आरोप

विराटनगर । थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा प्रदिप कुमार विश्वास निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको भवनमा बुधबार भएको १० औं जिल्ला अधिवेशनबाट विश्वासले १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्...

महाअभियोगबारे चोलेन्द्रले खोले मुख

काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी...

आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ । गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्