आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

 न्यूज विराट
आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ ।

रातिदेखि लागू हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाइ गर्ने छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन्छ ।’

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १०० सम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले बन्दाबन्दीभन्दा आज राति १२:०० बजेदेखि लागू हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक  दैनिक १ सय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि  तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

उपत्यकाका ३ जिल्लाका प्रजिअको मंगलबारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ ।  राति १२:०० बजेदेखि अत्यावश्यकबाहेकका गतिविधि गर्न पाइने छैन । उक्त आदेश यही १० भदौसम्म लागू हुनेछ ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौं उपत्यकामा लागु हुने गरी उक्त निर्णय गरिएको हो । अनावश्यकरुपमा मानिस घरबाट निस्किए कारवाही हुनेछ । सार्वजनिक तथा नीजि सवारीसाधनसमेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधीजन्यबाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।

कोभिड १९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ । अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९:०० देखि १०:३० बजेसम्म र बेलुका ३:०० देखि ५:३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । त्यसबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।  पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून सङ्ख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौंका प्रजिअ दाहालले बताए ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने । मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरू उपर कडा कारबाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ । – रासस

सम्बन्धित समाचार

कोरोना सङ्क्रमणको केन्द्र भुल्के र त्रियुगा क्षेत्रमा परीक्षण उपकरण अभाव

तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा...

संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौं, १२ मंसिर-संसदको हिउँदे अधिवेशन बोलाउने तयारी सुरु भएको छ । संविधानअनुसार अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बसिसक्नुपर्ने हुन्छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले सरकारले अधिवेशन बोलाउन गृहकार्य...

सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने, क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून

खोटाङ, ४ वैशाख-बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट ३ दिन लगाएर गाउँ आइपुगेका उनीहरूलाई वडा नम्बर–४, फाक्टाङस्थित बालकन्या मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरूलाई काठमाडौँबाट घर...

विराटनगरका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

विराटनगर, साउन २१–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् । महानगरपालिकाले बैंक...

योगेश भट्टराई सवार गाडीको ठक्करबाट एक घाइते, थप उपचारका लागि काठमाडौं रेफर

रौतहटको चन्द्रनिगाहपुरमा पूर्वमन्त्री सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते भएका छन् । रौैतहटको चन्द्रनिगाहपुर पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिभिल हस्पिटलनजिकै भएको दुर्घटनामा चन्द्रपुर—६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । पूर्वपर्यटनमन्त्री योगेश भट्टराई सवार ज १ झ...

हिसान खेल सप्ताह शूरु

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

रोम, १३ माघ (रासस/सिन्ह्वा)-इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ...

संघीय संसदमा चुच्चे नक्सासहितको नयाँ लोगो अध्यावधिक

काठमाडौं, १३ जेठ-संघीय संसद्को पुरानो लोगो प्रतिस्थापन गरेर नयाँ लोगी अध्यावधिक गरिएको छ । सरकारले नयाँ नक्सा जारी गरेर कार्यान्वयनमा लाएपछि सोहीअनुसार संघीय संसदमा पनि नयाँ लोगो अध्यावधिक गरिएको हो । मंगलबारदेखि संघीय संसद प्रतिनिधिसभा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्