महाअभियोगबारे चोलेन्द्रले खोले मुख - News Birat

महाअभियोगबारे चोलेन्द्रले खोले मुख

न्यूज विराट

काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वोच्चमै छाडेर निवास फर्किनु भएका जवराले निकटस्थसँग कुरा गर्दै यस्तो चुनौती दिनुभएको हो ।

‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्‍याउन,’ जवराको भनाई छ । संसदबाट महाभियोग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्यो सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियोग पारित हुँदैन ।

एमालेको आइतबारको सचिवालय बैठकले महाभियोग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेको थियो । एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles