काठमाडाैं, ८ वैशाख-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो ।
बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय गएका छन् भने पार्टी प्रवक्ताले बैठकका निर्णयबारे जानकारी गराएका छन् । बैठकमा मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिबाट कार्यान्वयन भइसकेको भन्दै यस विषयमा थप छलफलको औचित्य नभएकाले छलफल नगरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।