
काठमाडाैं, २७ जेठ-लकडाउन खुकुलो पार्ने गरी तयार गरिएको प्रस्तावमाथि निर्णय गर्न बस्ने भनिएकाे मन्त्रिपरिषद् बैठक सरेकाे छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो गर्दै ३ महिनामा पूर्ण खुलाउने गरी तयार पारेको प्रस्तावमाथि निर्णय गर्न आज साँझ ६ बजे भनिएकाे बैठक भोलिलाई सारिएकाे हाे ।
एक मन्त्रीले भाेलि बुधबार दिउँसाे बस्ने गरी बैठक सरेकाे बताए । उच्चस्तरीय समन्वय समितिले भदौकाे दोस्रो सातासम्म लकडाउन पूर्णतः खुलाउने गरी प्रस्ताव तयार गरेको छ ।