डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले भने, 'उपचार खर्च सरकारले ब्यहोर्छ' - News Birat

डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उपचार खर्च सरकारले ब्यहोर्छ’

न्यूज विराट

काठमाडौं, कात्तिक २९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यलाभकाेे कामना कामना गरेका छन्। शनिबार एक ट्विटमार्फत स्वास्थ्यलाभकाे कामना गर्दै ओलीले  डा. केसीकाे उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने जानकारी पनि दिएका छन्।

‘कोरोनाबाट संक्रमित हुनुभएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी गराउँदछु’, प्रधानमन्त्री ओलीको ट्विटमा उल्लेेेख छ ।

मिल्दोजुल्दो लक्षण देखिएपछि बिहीबार पीसीआर परीक्षण गर्दा डा. केसीकाेेे काेराेना रिपोर्ट पोजिटिभ आएको थियाे। केसी हाल शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles