
कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् ।
आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय मात्र सञ्चालन गर्न आग्रह गर्दै सरकारको निर्देशन मान्न देशभरका सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको हो ।
संघले संकटको घडीमा सबै सर्र्वसाधारण तथा व्यवसायीले सरकारलाई सहयोग गर्दै सञ्चालन गर्नुपर्ने व्यवसायमा पनि आवश्यक सुरक्षा अपनाउन अनुरोध गरेको छ ।