राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

 न्यूज विराट
राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं, ३० चैत-मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ जना नेपाली राजदूतले आफ्नो १ महिनाबापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र यूएईका नेपाली राजदूतले आफ्नो १महिनाबापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।

कतारका लागि नारदनाथ भारद्वाज, इजरायलका लागि डा. अञ्जना शाक्य, इजिप्टका लागि झवीन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, यूएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले १ महिनाको तलब राहत कोषमा जम्मा गरिदिने निर्णय गरेका हुन् । रासस

सम्बन्धित समाचार

भोलिदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...

देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा

सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे । हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

‘चाँदीको घेरा, नेकपा बैठक’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले...

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला...

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

लुकीछिपी हुने आजावजावत रोक्न सीमामा बढाइयो निगरानी

बुटवल, १ वैशाख-भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट हुन सक्ने लुकिछिपी आवतजावतलाई कम गर्न उच्च निगरानी राखिएको...

जनता क्याम्पसको आइसोलेसनबाट ३७ जना डिस्चार्ज

विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्