आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु - News Birat

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

न्यूज विराट

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ५ सय १५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।  त्यस्तै, शनिबार १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles