देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा

 न्यूज विराट
देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा

सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे ।

हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्षसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए ।

टेलिभिजनको उद्घाटन गराउन योग गुरु बाबा रामदेव र आर्चाय बालकृष्ण नेपाल आएका थिए । प्रधानमन्त्रीको हातबाट उद्घाटन गरिएको टेलिभिजनहरू सूचना विभागमा दर्ता भएका छैनन् ।

साथै नेपालको कानुनले सञ्चारमाध्यममा विदेशी लगाउन रोक लगाएको छ । सूचना विभागमा दर्ता नै नभएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री देउवाले गरेको भन्दै उनका आलोचना समेत भएको छ ।

सम्बन्धित समाचार

प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन...

एनडिडिएमा नयाँ नेतृत्व, अध्यक्षमा शालिक राम आर्याल

विराटनगर । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका...

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...

विराटनगरको चुलाचुली मार्गमा फोहरको ‘डंगुर’, फोहर व्यवस्थापनमा देखिएन मेयर कोइरालाको सकृयता

विराटनगर, २५ जेठ । विराटनगरस्थित चुलाचुली मार्गमा फोहरको ‘डंगुर’ थुप्रीएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पदभार सम्हाल्ने वित्तिकै फोहर व्यवस्थापनमा सकृय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सकृयता नदेखिएको स्थानीयले गुनासो गरेका छन्...

चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं, १३ जेठ-सरकारले चौरजहारी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा गत शनिबार भएको घटनामाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।...

नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

धु्रवसागर शर्मा/गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्