लुकीछिपी हुने आजावजावत रोक्न सीमामा बढाइयो निगरानी

 न्यूज विराट
लुकीछिपी हुने आजावजावत रोक्न सीमामा बढाइयो निगरानी

बुटवल, १ वैशाख-भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट हुन सक्ने लुकिछिपी आवतजावतलाई कम गर्न उच्च निगरानी राखिएको हो । अहिले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरीले २४ घण्टे सुरक्षा दिइरहेका छन् ।

पैदल मार्ग हुँदै भारतीय भित्रिन सक्ने भएकाले प्रशासनले सीमामा ‘हाई अलर्ट” निगरानी बढाएको हो । रुपन्देहीको सेमरपानी, भगवानपुर, मैनिहवा, अमवा, बुची बरवा, मदरी, भगवानपुर, मर्चवारको खैरा ठोठरी, कदम्हवा, पैसिया, चन्नी, थुम्हवा बाट मानिसहरूको आवातजावत हुने गर्दछ । त्यस्तै, लुम्बिनीको ककरहवा लगायतका सीमावर्ती नाकाबाट भारतीय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ ।

सीमा क्षेत्रमा पर्ने अहिले सबै स्थान शिल गरिएको छ । सशस्त्र प्रहरी बल २७ नं गणका प्रहरी उपरीक्षक लेज पोखरेलले सीमा क्षेत्रमा भएको बाटो, गोरेटो, पुलहरू सबै शिल गरिएको जानाकारी दिए ।

सम्बन्धित समाचार

अपडेटः सचिवालय बैठक डाकेर ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, २५ कात्तिक-धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  प्रचण्डका प्रेस संयाेजक  विष्णु सापकाेटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेकाे...

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...

भारतबाट धान बोकेर भित्रिएको ट्रकबाट १८ लाख बरामद

सर्लाही, २४ वैशाख-सर्लाहीको मलंगवाबाट २ भारतीय नागरिकको साथबाट स्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद गरिएको छ ।सशस्त्र प्रहरीले सुरक्षा जाँचको क्रममा धान बोकेर नेपाल प्रवेश गरेको बी आर ३० बीए २४५८ नम्बरको...

बाँच्दैमा मानव भइँदैन, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १ वैशाख-नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २ महिनाको पारिश्रमिक कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने घोषणा गरेका छन् । उनले दिएको नयाँ वर्षको शुभकामना सन्देशमा कोभिड-१९ र...

विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिका नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षमा कुल रु.तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय...

५ उद्देश्यलाई केन्द्रित गरेर मौद्रिक नीति ल्याऊ : काङ्ग्रेस

काठमाडौं, १ साउन-प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ५ उद्देश्यलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानलगायतका उद्देश्य पूर्ति...

प्रदेश १ मा आज एकैदिन ८३९ संक्रमित थपिए

विराटनगर, १ साउन । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्