पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

 
पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

ताप्लेजुङ –ताप्लेजुङमा जारी पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले क्वाटरफाइनलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराएको हो।

राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा भएको थियो । रेड स्टारका जर्सी नम्बर ११ का खेलाडी योगेश गुरुङले ५१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
गोर्खा स्पोर्टिङ क्लबबाट ३ जना विदेशी खेलाडी खेलेका थिए भने रेड स्टार क्लबबाट खेल्ने पूर्ण चेम्जोङ, विजय धिमाल र अशोक खवास, मनाङ मर्स्याङ्दीबाट खल्ने सुरज वि.के. तथा दिपक राई पनि टिममा रहेका थिए ।

रेड स्टारबाट विवश चौधरी, दिवश उराउ, निशान लिम्बूलगायतका चर्चिच खेलाडी थिए । आजको खेलमा म्यान अफ् द म्याच रेड स्टार क्लब झापाका किपर विवश चौधरी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आजको विजेता रेड स्टार क्लब झापा र रेड हर्स क्लब इलामबीच हुने आयोजक समितिका सह–सचिव टिकेन्द्र नेपालीले बताए।

सम्बन्धित समाचार

बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्। विराटनगरका व्यवसायीले बजेट 'पपुलिस्ट' प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको...

रोटरी क्बल विराटनगरको भव्य पदस्थापन, अध्यक्षमा मनोज विक्रम शाह

विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साझ पदस्थापन कार्यक्रम भएको हो ।सन २०२४– २०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन्...

जनावरमैत्री जंगलका लागि वृक्षारोपण

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेकाे वृक्षाराेपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेकाे छ । वीपी कोइरालाको ४२ औं स्मृति दिवसको...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

समाचार डिलिट प्रकरणः सिरान टेक्नोलोजिजले माफी माग्यो

अनलाइन न्यूज पोर्टलमा प्रकाशित भएको समाचार हटेको प्रकरणमा ‘काठमाडौं प्रेस डटकम’को साइट निर्माण कम्पनी सिरान टेक्नोलोजिज प्रा.लि.ले माफी मागेको छ । ‘११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्यूजपोर्टलहरूको सीएमएस निर्माणदेखि...

अब घरघरमै भत्ता, औषधि र तरकारी

झापा, ११ वैशाख-झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्‍याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी...

रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै...

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत

काठमाडौं, २९ मंसिर । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्