जनावरमैत्री जंगलका लागि वृक्षारोपण

 न्यूज विराट
जनावरमैत्री जंगलका लागि वृक्षारोपण

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेकाे वृक्षाराेपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेकाे छ ।

वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वेलबारी नगर कार्यसमिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति समेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षाराेपण गरिएकाे हाे ।

कार्कीले असार २९ गतेदेखि ‘जसकाे जंगल, उसकाे मंगलका लागि जनावरमैत्री जंगल’ अभियान अन्तर्गत वृक्षाराेपण सुरु गरेका थिए । अभियान अन्तरगत कोशी प्रदेशका जंगल क्षेत्र भित्र जंगल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा राेप्ने अभियान पूर्वमुख्यमन्त्री कार्कीले चलाउँदै छन् । हालसम्ममा मोरङ र झापाका विभिन्न सामुदायीक वन क्षेत्र भित्र ५ हजार बढी विरुवा वृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जंगल र जनावर र त्यस छेउका नागरिकहरुप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै जनावरका लागि जंगल निर्माणमा सबै नागरिकले कम्तीमा एउटा बिरुवा रोपेर अभिया सफल आग्रहसमेत गरेका छन् ।
कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहार र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले नागरिकलाई दु:ख दिने गरेको निष्कर्ष निकाल्दै आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले अभियान चलाएका हुन् ।
‘सरकारले जनताको बाँच्ने अधिकारका साथै जीविकोपार्जन पनि सुरक्षित गर्न र जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ ।’
जंगलमा जनावरले खाने आहारा र जनावरकाे बास स्थानसमेत मासिएकाले हात्ती, बाँदरलगायतका जंगली जनावर वन क्षेत्रका गाउँबस्ती पसेर अन्नबाली, घर मास्नुका साथै मान्छेकाे समेत ज्यान लिने गरेकाे उनकाे भनाइ छ । त्यसैले जंगल क्षेत्रमा बसाेबास गर्ने यश प्रदेशका ३६ प्रतिशत नागरिककाे जनधनकाे सुरक्षाका लागि जनावर मैत्री जंगल हुनु अहिलेकाे अपरिहार्यता भएकाले वृक्षाराेपण अभियान सञ्चालन गरेकाे पूर्वमुख्यमन्त्री कार्कीले बताए । ´बस्ती छेउमा रहेकाे जंगलका प्रत्येक रूखमा माहुरीकाे घार राखेर माहुरी पालन अभियानसमेत सञ्चालन गर्नु जंगली जनावरबाट सुरक्षित रहन र अर्थाेपार्जनका लागि अपरिहार्य छ,उनले भने, ´माहुरी पालनले सर्वसाधरणले खेतबारी बीषादी प्रयाेग गर्न राेक्ने र त्यसले अर्ग्यानिक खेतिकाे सुरूवात हुन्छ ।

सम्बन्धित समाचार

रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

एजेन्सी, २० मंसिर-रूसले राजधानी मस्कोका क्लिनिकमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित...

प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा पनि निस्कियो जुलुस

जनकपुर, २४ असार-केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन गरिएको छ । मोटरसाइकलमा सवार कार्यकर्ताले निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो । 'पार्टी फुटाउन पाइँदैन, स्थिर सरकार ढाल्न पाइँदैन, नेकपा जिन्दावाद, ओली सरकार जिन्दावाद, राष्ट्रियता...

गोल्डेन हस्पिटलमा संचालकबीचको बिवाद, बाहिरिए लुईटेल

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन हस्पिटलको संचालक गोविन्द लुईटेललाई हस्पिटलले अन्नायपूर्ण तरिकाले हटाएको छ । हस्पिटलको संचालक समेत रहेका प्रशासकीय अधिकृत लुईटेललाई हस्पिटलका मुख्य लगानीकर्ता डाक्टर श्याम रौनियाले अन्नायपूर्ण तरिकाले हटाएको उनले बताएका...

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोनवार्ता

काठमाडौं, १६ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन वार्तामा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको...

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले...

भाजपा विदेश विभाग इन्चार्जले भेटे प्रधानमन्त्री

नेपाल–भारत सम्बन्ध सुधारमा दुवै देशका सत्तारुढ पार्टी तहमा भ्रमण आदनप्रदान हुन थालेको छ ।नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् । चौथाइवाले बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्