विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा
मङ्गलबार, ०४ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो ।
क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् । जुलाई १ देखि उनले कार्यभार समालेका छन् । क्लबको प्रथम उपाध्यक्षमा बृज कुमार दास, द्वतिय उपाध्यक्ष प्रमोद कुमार साह, तृतीय उपाध्यक्ष श्रवण कुमार थापा, सचिव तेज नारायण साह, कोषाध्यक्ष सोमनी कुमारी साह, एलसिआईएफ कोर्डिनेटर डा. सुनिल रेग्मी, मेम्बरसीप चियरपर्सन नन्दु साह, सर्भिस चियर पर्सन प्रकाश कार्की, मार्केटिङ चियरपर्सन डा. संजय झा, तथा क्लवका डारेक्टरहरु ज्ञान बहादुर बस्नेत, डा. राजेन्द्र चौधरी, डा. प्रविण झा, संजिव पोखरेल लगायत रहेका छन् ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ डिष्ट्रिक सी का गभर्नर विकास अधिकारीले नवनियुक्त पदाधिकारीहरुलाई पदस्थापना गरेको क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहले बताए । कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले स्वास्थ्य क्षेत्रका समाजसेवीहरुले स्थापना गरेको हेल्थ प्रोफेसनल क्लव एउटा अवल, ससक्त र प्रभावकारी लायन्स क्लवका रुपमा स्थापित रहेको बताए । क्लवले पदस्थापना कार्यक्रमको अवसरमा ५ नयाँ सदस्य पनि थपेका छन् । औषधी व्यवसायी नारायण दाहाल, लोकेश मण्डल, कलेजोरोग बिशेषज्ञ डा. प्रताप सागर तिवारी, नेत्ररोग विशेषज्ञ डा. भाष्कर झा, र लियो सदस्य आशा जैशवाललाई क्लवका सदस्यका रुपमा मनोनित गरेका छन् ।
कार्यक्रममा पुर्व गभर्नरहरु लायन राजन खत्री, लिला ढुङ्गेल, भिम घिमिरेलेलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल चिकित्सक सघं कोशीमा निर्वाचित क्लवका पदाधिकारीहरुलाई सम्मान पनि गरियो । क्लवका डारेक्टर डा. राजेन्द्र चौधरी, क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, र क्लवका एलसिआईएफ चियरपर्सन डा. शुनिल रेग्मी नेपाल चिकित्सक संघ कोशीका क्रमशः अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचित भएको थियो । क्लबका बर्ष २०२३÷०२४ का अध्यक्ष डा. सुनिल रेग्मीले लायन्सका सेवाले गरेको योगदानलाई कदर गर्दै लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट र ३२५ सि मा जोन चियरपर्सनका रुपमा मनोनित भएको गभर्नर अधिकारी बताए ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...
विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।...
प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ । विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा...
विराटनगर । विराटनगरका सक्रिय पत्रकार तथा ओवी मिडियाका निर्देशक प्रेम देवानका आफ्ना स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापित छात्रवृत्ति पुरस्कार दुई विद्यार्थीलाई प्रदान गरिएको छ ।विराटनगर ९ स्थित इडेनबर्ग कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत प्रेम...
विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित...
विराटनगर, ५ जेठ । दक्षिणपूर्वी मोरङको रंगेलीमा घाँटी रेटी महिलाको हत्या भएको छ । रंगेली–३ स्थित तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको हो । स्थानीय बेचन यादवकी श्रीमती...
जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित...
काठमाडौं, माघ २३–कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेर सरकारले बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएको छ । पार्टी उपसभापति बिजय गच्छदारबिरुद्ध मुद्धा दायर भएपछि रुष्ट कांग्रेस...