विराटनगर । नेपाली काग्रेसका युवा नेता प्रकाश मण्डल (भोला) ले वडा स्तरमा तरुणदललाई सक्रिय बनाउन लागेका छन्। प्रदेश राजधानी विराटनगरमा अन्यदलका भातृसंगठनहरु निस्किृय भएको बेला युवा नेता भोलाले तरुल दललाई वडा स्तरमा सक्रिय बनाउन लागेका हुन् ।
भोलाकै नेतृत्वमा शनिवार विराटनगर ६ स्थित ब्रहम बाबा मन्दिरको प्राङ्गनमा नेपाल तरुदल वडा नं ६ द्वारा नयां बर्ष २०८२ सालको शुभउपल्धमा भेटघाट सहित शुभकामना तथा चियापान कार्यक्रम सम्पन गरियो ।
युवा नेता भोलाको नेतृत्वमा ललन मण्डल को संयोजकमा सम्पन भएको सो कार्यक्रमको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस मोरङ जिल्ला सचिब ललित श्रेष्ठ रहेका थिए । सो कार्यक्रमा नेपाल तरुणदल मोरङ जिल्लाको सभापति एवंम महासमिति सदस्य प्रभाकर थापा र नेपाली कांग्रेस जिल्ला सहसचिब संजय मण्डल ,नेपाली कांग्रेस मोरङका कोषाध्यक्ष रन्जु अधिकारी ,माहासमिति सदस्य रामबाबु पासवान, नेपाल तरुणदल मोरङका उपसभापति महाधिबेशन प्रतिनिधि खेम थापा र साद बाबू कुरेशि,मोरङ क्षेत्र नं ६ ख का सभापति तथा वडा नं ७ का वडा अध्यक्ष मधुबाबु तिवारि वडा नं ९ का वडा अध्यक्ष बिश्वनाथ भगत ,नेपाल मुस्लिम संघका सभापति केहकशा कौशर ,नेपाली कांग्रेस वडा नं६ का सक्रिय सदस्यहरु लगायत वडा नं ६ का तरुण युवा नेताहरु सहभागि भएका थिए ।