अन्योलमा प्रदेशसभा अधिवेशन

 न्यूज विराट
अन्योलमा प्रदेशसभा अधिवेशन

कोरना भाइरस (कोभिड— १९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ ।

यही १३ चैतमा सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने सम्भावना न्यून रहेको बताइएको छ ।लकडाउनका कारण प्रदेश राजधानी वीरेन्द्रनगर ठप्प भएपछि त्यसयता बैठक बस्न सकेको छैन ।

गत माघ २४ गतेदेखि सुरु प्रदेशसभाको पाँचौं अधिवेशनमा ६ बैठक सम्पन्न भएका थिए । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आठ वटा विधेयक विषयगत समितिमा विचाराधीन अवस्थामा रहेको जानकारी दिए ।रासस

सम्बन्धित समाचार

माधव पक्ष विभाजित- नेपालसहित केही सांसद देउवाको पक्षमा, अरु ‘नो भोट’मा

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित भएको छ । नेपालसहित समानुपातिक सांसद र अन्य केही प्रत्यक्ष निर्वाचित सांसदले विश्वासको मत दिने भएका छन् । तर वार्ता कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको...

पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

ताप्लेजुङ –ताप्लेजुङमा जारी पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले क्वाटरफाइनलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराएको हो। राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा...

सुनिल थापा कांग्रेसमा प्रवेश, देउवाले गरे सानेपामा स्वागत

काठमाडौं, १३ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापाले केहीदिनअघि मात्रै राप्रपा परित्याग गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो...

अधिकांश क्षेत्रमा वर्षा : नदीमा बढ्यो बहाव

काठमाडौं, १३ असार-शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका अनुसार शनिबार ४० भन्दा बढी जिल्ला वर्षमा भएको छ । वर्षाको कारण नदीहरूको बहाव बढ्ने अनुमान गरिएको छ...

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्याे श्री एयरको जहाज

काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...

लकडाउनमा १०८ अन्तर्राष्ट्रिय उडान, फर्किए ११ हजार ७ सय २ यात्रु

काठमाडौं, ४ असार-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तर्राष्ट्रिय उडान भएका बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा...

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम, १ साउन-तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नु परेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्