ट्राफिक प्रमुख आफैं सडकमा : विराटनगरमा मनपरी भाडादर नियन्त्रण अभियान

 न्यूज विराट
ट्राफिक प्रमुख आफैं सडकमा : विराटनगरमा मनपरी भाडादर नियन्त्रण अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार विराटनगर महानगरपालिकामा सार्वजनिक यातायात साधनहरूले लिइरहेको भाडादरको अनुगमन गरेको छ। लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने विद्यार्थीहरूबाट सिटी सफारी लगायतका सार्वजनिक सवारी साधनहरूले मनपरी भाडा लिइरहेको गुनासो बढेपछि यो अनुगमन अभियान थालिएको हो।
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्साल आफैं सडकमा उत्रिएर अनुगमन गरेका छन्। लम्सालको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी टोलीले विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा बस, विंगर, माइक्रो, म्याजिक, ई रिक्सा र टेम्पु जस्ता यात्रुवाहक सवारी साधनहरूले लिइरहेको भाडादरको निरीक्षण गरेको हो।

‘परीक्षार्थीहरू लगायत आम यात्रुहरूलाई मनपरी भाडा लिएर ठगी भइरहेको गुनासो आएपछि हामीले यो अनुगमन अभियान चलाएका हौं,’ प्रहरी निरीक्षक लम्सालले भने। उनका अनुसार अनुगमनका क्रममा केही सवारी साधनहरूले निर्धारित भाडादर भन्दा बढी रकम असुलेको पाइएको छ। यसरी बढी भाडा लिनेलाई फिर्ता गराउन लगाएको र फेरी लिएको पाइए कारवाहीको दायारमा ल्याउने उनले बताए ।

अनुगमनका क्रममा प्रहरीले सवारी चालकहरूलाई निर्धारित भाडादर लागू गर्न निर्देशन दिएको छ। साथै यात्रुहरूलाई पनि भाडा तिर्नु अघि भाडादर बारे सोधपुछ गर्न आग्रह गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले यस्ता अनियमित क्रियाकलापमा संलग्न सवारी चालकहरूलाई कानूनी कारबाही गरिने चेतावनी समेत दिएको छ। प्रहरी निरीक्षक लम्सालले अनुगमनलाई निरन्तरता दिइने बताए। ‘हामीले आगामी दिनहरूमा पनि विभिन्न स्थानमा यस्तै अनुगमन गर्नेछौं,’ उनले भने, ‘यसबाट सार्वजनिक यातायात व्यवस्थापनमा अनुशासन कायम हुनेछ।’

सम्बन्धित समाचार

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल समूहको निर्णय

विराटनगर, ११ चैत । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदहरूले हस्ताक्षर फिर्ता लिने भएका छन् ।  वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने भएका हुन्...

अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई चीनले दियो चेतावनी

एजेन्सी, जेठ २८-चीनले अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई आगामी दिनमा ‘नस्लवादी हमला’ को सामना गर्नुपर्ने अवस्था आउने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । चीनको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशका विद्यार्थीलाई सचेत गराएको...

सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...

स्वास्थ्य परीक्षणबिना नेपाली भित्र्याइँदा जोखिम बढ्यो

काठमाडौं। जेठ १६-भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई...

सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

काठमाडौं, १५ पुस । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो । लाइसेन्स...

विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना

विराटनगर, फागुन २८–कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको...

सत्याग्रही ‘ई:’ भेट्न प्रधानमन्त्री ओली पुगे अस्पताल

काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट...

छायाँ प्रतिवेदन तयारीका लागि अपाङ्गता भएका महिला र किशोरिलाई कार्यशाला

विराटनगर । अपाङ्गता भएका महिला र किशोरिको सवाल विषयक छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ । अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्म्मान गरौँ भन्ने मूल नाराका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्