विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना

 न्यूज विराट
विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना

विराटनगर, फागुन २८–कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको हो । हेल्थ डेस्कमा महानगरपालिकाका ४ र स्वास्थ्य कार्यालयका २ गरी ६ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । ३/३ जनाको दुई टोली बनाएर विराटनगर विमानस्थलमा ओर्लने यात्रुको स्वास्थ्य जाँचका लागि खटाइएको प्रदेश नं. १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए ।

हवाईजहाजबाट ओर्लेका यात्रुहरुलाई साबुन पानीले हात धुने व्यवस्था पनि विमानस्थलमा मिलाईएको छ । हात धोएपछि स्वास्थ्यकर्मीले उनीहरुको शरीरको तापक्रम जाँच्ने व्यवस्था मिलाइएको उहाले बताए । तोकिएको तापक्रम भन्दा बढी शरीरको तापक्रम भएका यात्रुहरुलाई फाराम भर्न लगाएर निगरानीमा राख्ने व्यवस्था गरिएको निर्देशक मेहताले बताए ।

प्रदेश १ ले भद्रपुर विमानस्थलमा पनि हेल्थ डेस्क स्थापन गरेर यात्रुहरुको स्वास्थ्य जाँच गरिरहेको छ । प्रदेश सरकारले सिमावर्ती नाका विराटनगरको रानी, झापाको भद्रपुर र काँकडभिट्टा तथा इलामको पशुपतिनगरमा समेत हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

सम्बन्धित समाचार

ब्रोकर संख्या थप्न चौतर्फी दवाब, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने अन्तिम तयारीमा धितोपत्र बोर्ड

काठमाण्डौ, २० असार । अहिले सेयर बजारमा आमसहभागिता निकै बढेको अवस्था छ । हाल रहेका ५० वटा ब्रोकर पर्याप्त नभएको भन्दै चौतर्फी रुपमा ब्रोकर संख्या थप्ने दबाब पर्न थालेको छ । आम चासोको विषय बनेको...

लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर

बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् । डिएसपी...

संसद पुनर्स्थापनाका लागि कांग्रेसले झण्डा उठाओस :योगेश भट्टराई

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले किन झण्डा उठाउन सक्दैन भनेर प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले असंवैधानिक...

अटोमोवाइल व्यवसायलाई थप व्यवस्थित र प्रवद्र्धन गर्न माग

विराटनगर । अटोमोवाइल व्यवसायलाई थप व्यवस्थित र प्रवद्र्धन गर्न सरकारसँग व्यवसायीहरुले माग गरेका छन् ।विराटनगरमा शनिबार भएको मोरङ अटोमोवाइल डिलर्स एसोसिएशनको १३ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनको उद्घाटन शत्रमा व्यवसायीहरुले यस्तो बताएका हुन्...

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज...

मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटीस्क्यान’ मेसिन बनाएर संचालनमा ल्याएको छ । साढे आठ लाख इमेजेज निकालिसकेको कोशीको यो सिटीस्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो ।...

लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...

भोलिदेखि १ साता भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्