बुहारीको योजनामा ससुराको हत्या, चार जना पक्राउ

 न्यूज विराट
बुहारीको योजनामा ससुराको हत्या, चार जना पक्राउ

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा एक वृद्ध पुरुषको हत्यामा उनकै बुहारीको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ। ७२ वर्षीय मीनबहादुर कुमालको गत शनिबार राति आफ्नै घरको बरन्डामा सुतिरहेका बेला घाँटी थिचेर हत्या गरिएको थियो।

संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार, मृतकको ४५ वर्षीया बुहारी, १२ वर्षीया नातिनी र दुई जना १७ वर्षीय किशोरलाई हत्या आरोपमा पक्राउ गरिएको छ। पक्राउ परेका आरोपीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ।

“बुहारीले २० हजार रुपैयाँको प्रलोभन देखाएर भाडामा मान्छे खोजेर ससुराको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” डीएसपी बस्नेतले बताए। उनका अनुसार, हत्यामा संलग्न भनिएका किशोरहरू स्थानीय रूपमा मजदुरी गर्दै आएका थिए।

प्रहरीका अनुसार हत्याको योजना बुहारी र नातिनीले बनाएका थिए। वैशाख १३ गते राति उनीहरूले दुई किशोरलाई घरमा बोलाएर मदिरा सेवन गराएपछि ससुरा बस्ने घर देखाइदिएका थिए। त्यसपछि ती दुई किशोरले मदिरामा लट्ठ भएका मीनबहादुरको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।

मीनबहादुरको अतितसमेत विवादास्पद रहेको प्रहरीले जनाएको छ। उनले २०५९ सालमा एक भाइ नाता पर्ने व्यक्तिको हत्या गरेका थिए भने २०७१ सालमा आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका थिए। दुवै घटनामा जेल जीवन बिताएका मीनबहादुर पछिल्लो समयमा विदेशमा रहेका छोराको हत्या गर्ने धम्की दिँदै आएको र पत्नीको उपचारका लागि जग्गा बिक्री गर्न खोजेपछि परिवारमा विवाद बढेको प्रहरीलाई बुहारीले बयान दिएकी छिन्।

“रिस थाम्न नसकेर र भविष्यको सुरक्षाका लागि हत्या गरेको बुहारीले बयानमा उल्लेख गरेकी छिन्,” डीएसपी बस्नेतले थपे। प्रहरीले चारै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

काठमाडौं, ४ मंसिर । नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक...

न्युरो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाए : डा. मदन कोइराला

विराटनगर । विराटनगरका नाक, कान, घाटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपीडि बन्द गरेर इसिजि र...

होली अवधिमा मोरङ ट्राफिक प्रहरीद्वारा २६९ सवारी साधनलाई कारवाही

विराटनगर । होली पर्वको अवसरमा मोरङ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने २६९ सवारी साधनलाई कारवाही गरिएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार, कारवाहीमा परेकामध्ये हेलमेट नलगाई सवारी चलाउने ७२ जना, तीन...

विराटनगरमा रथयात्राको तयारी तीब्र

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन...

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्