दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

 न्यूज विराट
दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।

नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, यो प्रतिवेदनप्रति आम नागरिकले विश्वास जताउन सकेका छैनन् ।

रहस्यकाे पर्दा खुल्न नसकेकाे याे उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ । गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणहिटी हत्याकाण्डकाे छानबिन गरेर सत्य बाहिर ल्याउने वाचा गरेका थिए । तर अझै पनि हत्याकाण्ड कसले र किन मच्चाएकाे हाे खुल्न सकेकाे छैन ।

वीरेन्द्रकाे वंशनाशपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रले राजतन्त्र जाेगाउन सकेनन् । नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएकाे छ ।

सम्बन्धित समाचार

पत्रकारलाई सडकमा राखेर बालुवाटारभित्र नेकपा बैठक

काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई प्रवेश रोक लगाइएको छ । नेकपाको सचिवालय बैठकमा सूचना संकलन गर्न गएका पत्रकार प्रधानमन्त्री निवासको गेटबाटै रोक लगाइएको हो । सबै पत्रकार सडकमा नै रहेका छन् । भित्र भने...

प्रदेश १ मा ६ हजारको कोरोना परिक्षण

विराटनगर, बैशाख १५–प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत...

२ घण्टा छाङ्ग्रुमा बिताएर फर्के प्रधानसेनापति र सशस्त्रका आईजीपी

काठमाडौं, ३ असार-दार्चुलाको छाङ्ग्रु निरीक्षण गरेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल फर्किएका छन् । ३१ वैशाखमा सशस्त्र प्रहरी बलले स्थापना गरेको आउट बोर्डर पोस्ट (बीओपी) र नेपाली...

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...

आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

काठमाडौं, जेठ ३१। भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा असन्तुष्टि जनाउँदै मन्त्री कर्णले भन्नुभयो, आफु एकपटक प्रधानमन्त्री भईसकेपछि...

काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप...

बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार...

ह्वात्तै घट्यो आज सुनको मूल्य

बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्