टि–२० क्रिकेट प्रतियोगिता सुरु , उद्घाटनमा उदयपुरको विजय सुरुवात

 न्यूज विराट
टि–२० क्रिकेट प्रतियोगिता सुरु , उद्घाटनमा उदयपुरको विजय सुरुवात

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता उदयपुर जिल्लाले विजय सुरुवात गरेको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो । जितसँगै उदयपुरले दुई अंक जोडेको छ ।
उदयपुरले दिएको ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५ दशमलप २ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । इलामका श्याम यादवले २४ बलमा १४ रन बनाए । इलामका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।
उदयपुरका तेज आचार्यले ४ ओभरमा ११ रन खर्चेर तीन विकेट लिए । सुशान्त तिम्सिनाले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच उदयपुर तेज आचार्य घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।
यसअघि टस हारेर ब्याटिङ थालेकोे उदयपुरले १९ ओभरमा सबै विकेट गुमाइ ८५ रन बनाएको थियो । उदयपुरका प्रभात किरण राईले सर्वाधित २२ रन बनाए । १९ बलमा उनले तीन चौका प्रहार गरे । निर्देश बस्नेतले २८ बलमा १५ रन पारी खेल्दा रिन्जन तिवराीले १६ बलमा १० रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।
इलामका लभ कामतले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिए । प्रजवल खत्रीले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको बुधबार दुई खेल हुनेछ । पहिलो खेल मोरङ र उदयपुर जिल्ला हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र सुनसरीबीच हुने क्लबकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले गरे ।
चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेकोछ । दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार पाँच सय रुपैयाँ छ ।

सम्बन्धित समाचार

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, जेठ १७-कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा...

एमाले विराटनगरको अधिवेशन, संस्थापनबाट उम्मेदवारी घोषणा

विराटनगर । विराटनगर महानगरमा नेकपा एमालेको दोस्रो अधिवेशन मंगलबार हुँदैछ । जसमा संस्थापन पक्षले उम्मेदवारहरूको घोषणा गरिसकेको छ। कोशी प्रदेश इन्चार्ज शेरधन राईद्वारा उद्घाटन हुने यस अधिवेशनका लागि हालका अध्यक्ष रोहित कोइरालाले आफ्नो समूहका उम्मेदवारहरूको...

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सवः पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्ने जोड

विराटनगर । खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव सोमबार एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन्।वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश सांसद जयप्रकाश चौधरीले...

बढ्यो सीसीडी रेसियो, ८५ प्रतिशत कायम

काठमाडौं, २ साउन-निजी क्षेत्र र बैंकरहरूको पटक-पटकको मागपछि नेपाल राष्ट्र बैकले कर्जा-पुँजी-निक्षेप कायम गर्नुपर्ने अनुपात (सीसीडी रेसियो) बढाएको छ । सीसीडी रेसियो कायम गर्दा ठूलो रकम लगानी गर्न नपाएको गुनासो बैंकरहरूले बताइरहेको अवस्थामा राष्ट्र बैंकले...

विराटनगरका क्लिनिकको ठगीधन्दा : चर्चित चिकित्सकको नाम बेच्दै बिरामी ठग्दैं

विराटनगर । खोटाङको दिक्तेल नगरपालिका–२ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठको टाउकोमा समस्या भएपछि उपचारको लागि विराटनगर आइन् । मंगलबार दिउँसो विराटनगर आएकी उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलको वरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोकासँग...

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलु...

विराटनगर महानगरलाई सबैभन्दा कम बजेट

विराटनगर, २० जेठ । विराटनगरमा आगामी आर्थिक वर्षका लागि सवै भन्दा कम बजेट परेको छ । देशका ६ महानगरमध्ये आर्थिक वर्ष २०७९/०८० को लागि सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाले पाएको हो । विराटनगरले ललितपुर भन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्