कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि - News Birat

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज विराट

सुर्खेत, जेठ १७-कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा र दैलेखका १/१ जना रहेका छन् ।  जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको सूचना अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।

त्यस्तै, बाजुरा जगन्नाथ गाउँपालिका-५ का १ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, आज दैलेखककाे एक क्वारेन्टाइनमा मृत्यु भएका युवकको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।  योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ७८ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles