लेटाङ बन्यो मिल्स गोल्डकपको च्याम्पियन

 न्यूज विराट
लेटाङ बन्यो मिल्स गोल्डकपको च्याम्पियन

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले अन्तरले हराउँदै लेटाङले उपाधि जितेको हो ।
लेटाङलाई उपाधि दिलाउन पुजन चौधरी नायक भए । उनले खेल सुरु भएको ४५ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भए । सुजन विकले निकालेको क्रस पासलाई पुजनले चलाखी पूर्ण तरिकाले जाली चुमाए ।
उपाधिसँगै लेटाङले नगद १ लाख १ हजार रुपैयाँ हात पार्यो भने उपबिजेता उदयपुरको फ्युजन फुटबल क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो ।
पहिलो पटक भाग लिएको मिल्स गोल्डकप प्रतियोगिताको उपाधि जित्दै लेटाङले इतिहास रचेको छ । लेटाङले सेमिफाइलनमा घरेलु टिम पेमा स्पोर्टिङ क्लब विराटनगरलाई ६–३ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
विधागत पुरस्कारमा पनि लेटाङको बर्चस्व कायम रहयो । बेष्ट गोलकिपरमा लेटाङका गोल रक्षक समिर क्षेत्री, बेष्ट प्लेयर अफ द टुनामेन्ट लेटाङका किरण शंकर, बेष्ट प्रशिक्षक लेटाङका इन्द्र राई घोषित भए । त्यसैगरी बेष्ट डिफेन्डरमा उदयपुरका युवराज थापा घोषित भए भने हाइस्कोरमा लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ घोषित भए । उनीहरुले प्रतियोगिताभरीमा समान २–२ गोल गरेका थिए ।
चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, विराटनगर १६ का उद्धव भुजेल, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोलगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन घोषणा गरेको छ ।११ चैतबाट लकडाउन लागू भएकोमा १२ चैतमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउने निर्णय...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ । सिभिल बैंक प्रदेश...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङद्वारा विभिन्न उपसमिति गठन

विराटनगर, २२ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विभिन्न उपसमिाति गठन गरेको छ । बिहिबार विराटनगरमा सम्पन्न महासंघ र महिला उद्यम समितिको संयुक्त विस्तारित बैठकले महासंघका गतिविधिहरु व्यवस्थित ढंगले अघि बढाउन विभिन्न...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी...

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

एजेन्सी, साउन २९-कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका...

पर्सामा ४ पत्रकार समेत कोरोना संक्रमित

बीरगञ्ज, बैशाख ३०-नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको...

शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्धारा ५० लाखको छात्रवृत्ती

विराटनगर । काठमाण्डौको आइटीको क्षेत्रमा चर्चित टेकस्पायर कलेजले विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि छावृत्ती प्रदान गरेको छ । टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि शुक्रबार ५० लाख बरावरको छात्रवृत्ती प्रदान गरेको हो । उक्त छात्रवृत्ती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्