प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

 न्यूज विराट
प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ ।

सिभिल बैंक प्रदेश नं. १ ले प्रदेश सरकारले स्थापना गरेको कोषमा आइतबार ५ लाख रुपयाँ योगदान गरेको हो । उक्त रकम बराबरको चेक सिभिल बैंक प्रदेश नं. १ का प्रमुख राजेश ढकालले मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा रकम जम्मा गरेको बैंकका प्रदेश प्रमुख ढकालले जानकारी दिए ।

चेक हस्तान्तरणपछी मुख्यमन्त्री शेरधन राईले प्रकोप रोकथाम तथा नियन्त्रणमा कोषको खर्च गरिने रकम र प्रकोप नियन्त्रण पछाडी पारदर्शी ढंगबाट हिसाबकिताब सार्बजनिक गर्ने प्रतिवद्धता जनाएको बैंकका प्रदेश प्रमुख ढकालले बताए ।

ढकालले लक डाउनका कारण दैनिक जीवनयापनमा समस्या पर्दै आएका परिवारलाई प्रदेश नं. १ अन्र्तगत रहेका पाँचथर जिल्लाका हिलिहाङ्ग, याङ्गवरक, इलामको माइजोगमाई , मोरङ जिल्लाको सूनवर्षी र विराट चोक शाखाहरु मार्पmत पनि राहत स्वरुप खाद्य सामाग्रीहरु वितरण गरिने जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैंक विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । उक्त कोषमा हाल सम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

कमल थापाले छोडे राप्रपा, नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं, २४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६...

नेपालको राजनीतिमा महिलाको उच्च सहभागिताले विश्वमै उदाहरणीय कदम सावित : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ ।  नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी...

आङ साङ सु चीको पार्टी खारेज गर्ने म्यानमार निर्वाचन आयोगको तयारी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सु चीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको...

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थप ११६ संक्रमण पुष्टि

काठमाडौं, ३० असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । मंगलबारको कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिलो २४ घण्टामा ११६ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या...

ताप्लेजुङको सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आएन

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । क्रमशः आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए । 'अचानक आइतबारदेखि...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्