७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए

 न्यूज विराट
७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन घोषणा गरेको छ ।११ चैतबाट लकडाउन लागू भएकोमा १२ चैतमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो ।

१३ चैतपछि लुक्लाबाट ५१७ जनको उद्दार गरिएको पर्यटन विभागले जनाएको छ ।३५ वटा उडानबाट ५ सय १७ जनालाई काठमाडौं ल्याईएको हो । जसमा सबैभन्दा बढी तारा एयरको उडान रहेको छ । ५१७ जना मध्ये ३४८ जना विदेशी रहेका छन् ।

त्यस्तै १६९ जना नेपाली रहेका रहेका छन् । काठमाडौं ल्याइएका पर्यटकका साथै सम्वन्धित देशको पीआर भएका नेपालीहरु पनि बाहिरिने क्रम जारीहेको छ । सरकारले ११ चैत देखि लकडाउन घोषणागरेपछि ४ दिन ११,१२,१३ र १७ चैतमा एउटा पनि अन्तर्रास्ट्रिय उडान भएन ।

४ दिन भने उडान गरेर विदेशी पठाइएको छ । ४ दिनको उडानमा ४ वटा कतार एयर उडान भरेको छ । जर्मन दूतावासले कतार एयरको विमान चार्टर गरेर ३ वटा उडान गरिएको थियो जसमा ९ सय भन्दा बढी युरोपेली मुलुकका नागरिक फिर्ता भएका हुन् ।

त्यस्तै अमेरिकन दूताबासले विमान चार्टर गरेर ३ सय २ जना अमेरिकन नागरिक तथा ग्रीनकार्ड होल्डरलाई पठाईएको छ ।त्यस्तै अष्ट्रेलियन दूतावासले विमान चार्टर गरेर नेपाल बायुसेवा निगमको वाइडवडी जहाज बुधबार अहिले सम्मको लामो यात्रा अष्ट्रेलियाको ब्रेसबन गएको छ ।

उसले २७० यात्रु बोकेर गएको हो । ४ दिनमा १५ सय बढी पर्यटक तथा केही नेपाली बाहिरिएको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक रहेको । १२ चैतपछि विदेशबाट भने कोही नआएको जनाइएको छ ।

सम्बन्धित समाचार

उदयपुरमा थप तीन जना कोरोना संक्रमित, उदयपुरमा मात्र २७ जना

विराटनगर, बैशाख १०–उदयपुरको भुल्केमा थप तीन जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको...

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो...

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ (फोटो फिचर)

विराटनगर । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने पर्वको चौथो दिन आज जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ सम्पन्न भएको हो । ‘खरना’ विधि...

उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ मंसिर-आइतबार काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंका ७ सय ३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

कांग्रेस प्रदेश सांसद पराजुलीको दण्ड प्रणाम यात्रा

विराटनगर । कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो । बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको...

पार्टी फुटाएर समाजवाद आउँदैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीको भनाइ थियो ।...

रोटरी क्लब अफ विराटनगरको पदस्थापन, अध्यक्षमा कबिन श्रेष्ठ

विराटनगर । रोटरी क्ल अफ विराटनगरको ४६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आइबार साझ एक भव्य कार्यक्रम आयोजना गरी रोटरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । रोटरी क्लब अफ विराटनगरको रोटरी वर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्