विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब सेमिफाइलनमा पुगेको हो । जितको लागि पेवा स्पोर्टिङ्ग क्लबका हरी खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा पेमा स्पोर्टिङ्ग क्लबले अग्रता लिएको थियो । अनिल परियाले निकालिदिएको पासलाई हरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै पेमा स्पोर्टिङ्ग क्लबले अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा डिबक्स भित्रबाट गरेको कडा प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईलाई लागेर फर्कियो । रिबाउन्ड भएर फर्किएको बललाई अनिले पोस्टको दिशा दिएका थिए । उनले गरेको गोलनै टिमको जित सुनिश्चित भयो ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफदेखि पेमा युवा क्बलले रणनीति बदलेर आक्रमक खेल्यो । त्यसपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले दोस्रो हाफपछि पाएको सुन्दर गोल गर्ने आधा दर्जन प्रहार पेमा क्लबका गोल रक्षक निशान थापा मगर बाधक बनिदिए । पुलिसका मनोज सुब्बाले ७० औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरियो । त्यसलगत्तै विकास राईले गरेको प्रहार पेमाका गोल किपर निशानले बिफल पारिदिए । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा स्पोर्टिङ्ग क्लबका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय पाए । मंगलबारको खेल भारत बिहारको बाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं, २७ असार-शनिबार एकै दिन ३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको...
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...
विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललित मोहन पन्त निर्वाचित भएका छन् । प्राप्त मतमरिणाम अनुसार ललितमोहन पन्तले ५४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीले ३६४ मत मात्रै प्राप्त...
पोखरा, २३ जेठ-गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो । ३९ र ४० वर्षका २ जना...
सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको...
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ ।बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध...
काठमाडौं, ९ जेठ-रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम...