राशिफल

अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं

 न्यूज विराट
अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं

सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको छ ।

कतिपय विमानस्थलहरूले प्रतिबन्धित राष्ट्रका नागरिकलाई समेत बोकेर ल्याएका छन् । शनिबार सिल्क एयरलाइन्सले सिङ्गापुरबाट नेदरल्याण्ड्सका नागरिक ल्याएपछि विवाद भएको थियो । अन्तत: ती नागरिकालाई नेपालमा झारिएको थियो ।

उसले फर्कने क्रममा १५९ जना यात्रु, जसमा २७ जना नेपाली र अन्य विदेशी यात्रु बोकेर गएको थियो । आइतबार बेलुका साढे ८ बजे पनि सिल्क एयरले उडान भरेको थियो ।

सोमबार पनि अन्तर्राष्ट्रिय उडानहरूको नियमित आवत-जावत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार सोमबार ३ देशबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएका छन् । सोमबार कतार, साउदी र कोरियाबाट नेपालमा उडान हुँदै छ, जसमा कतारमा २ पटक उडान रहेको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...