विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए । विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए । उनले मुक्तकसंग्रहले राजनैतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रुपमा उठाएको बताए । उनले संग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । सो अवसरमा साहित्यकार तीला लेकाली, विनोद विवश, रोहिणी रसिक, मञ्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारीलगायतले विमोचन भएको संग्रहभित्रका मुक्तक वाचन गरेका थिए । मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ वटा मुक्तक रहेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय मुक्तक लेखनतर्फ स्रष्टाहरूको आक्रमण बढ्दै गएको बताए । छोटो समयमा लेख्न र पढ्न सकिने भएकाले मुक्तकको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ थियो । प्रतिष्ठानले दाहालको ‘खुल्ला आकाशमुनि’सहित ११ वटा संग्रह प्रकाशित गरिसकेको संस्थाका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिए । प्रतिष्ठानले मुक्तक लेख्न चाहने स्रष्टाहरुलाई प्रशिक्षण, अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सचिव मदन भण्डारीले बताए ।
विराटनगर, ३० कात्तिक–प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा...
विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य अनुसार आम्दानी गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो ।त्यसको तुलनामा महानगरपालिकाले...
काठमाडौं, फागुन २६–नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने...
रुपन्देही, ५ बैशाख-प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम...
विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू...
विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर, १० असोज । कलवार समुदायको जातिय संस्था नेपाल कलवार कल्याण महासंघको सातौ केन्द्रीय वार्षिक साधारण सभा विराटनगरमा सुरु भएको छ । विराटनगरको रामजानकी सेवा सदनमा जारी वार्षिक साधारण सभामा देश भरिका कलवार जातिहरुको सहभागीता...
विराटनगर । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर...