रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीमा बिक्री गर्न व्यवसायीको माग

 न्यूज विराट
रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीमा बिक्री गर्न व्यवसायीको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ ।
बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध गरेका हुन् ।
औषधि व्यवस्था विभागले फागुन २५ गतेदेखि रिर्जभ एन्टिबायोटिक्सको अनुचित प्रयोग र दुरुपयोग बढेको भन्दै यस्ता औषधिहरू अस्पताल भित्रका फार्मेसीमा मात्र बिक्री वितरण गर्न पाइने निर्णय गरेको थियो । यस निर्णयका कारण अस्पताल बाहिरका फार्मेसीहरू प्रत्यक्ष प्रभावित हुने भन्दै व्यवसायीहरू आक्रोशित देखिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले विभागको निर्णय हचुवा र अवैज्ञानिक भएको बताए । ‘यो निर्णय कुनै वैज्ञानिक आधारबिना र एकतर्फी रूपमा लिइएको छ,’ उनले भने । ढकालका अनुसार यस प्रतिबन्धले अस्पताल बाहिरका फार्मेसीहरू विस्थापित हुने खतरा बढेको छ । ‘यसरी अस्पताल भित्रको फार्मेसीमा मात्रै विक्री वितरण गर्दा बाहिरका फार्मेसीहरू विस्थापित हुने खतरा बढेको छ,’ ढकालले भने, ‘डिडीएको यो गलत निर्णय सच्याउन जोडदार माग गर्दछु ।’
कार्यक्रममा औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनबहादुर काफ्लेले पनि विभागको निर्णयप्रति आपत्ति जनाए ।
बेलबारी उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष केशव थापा मगरले व्यवसायीहरूको माग जायज रहेको बताए । ‘व्यवसायीहरूको चिन्ता बढेको छ । सरकारले निर्णय गर्दा सम्बन्धित पक्षसँग पर्याप्त छलफल गर्नुपर्दछ, उनले भने ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रतिनिधि सही सोमबहादुर भण्डारीले भने औषधि सम्बन्धी नियमको पालना गर्नुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा बेलबारी, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिकाका औषधि व्यवसायीहरूको उपस्थिति रहेको थियो । उपस्थित व्यवसायीहरूले आफ्नो जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचार

युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी पत्नी कोरोना संक्रमित

एजेन्सी, जेठ ३१-युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना कोरोना संक्रमित भएकी छन् ।पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् । उनका प्रवक्ताले राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानीबाहिरका...

कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै...

आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने

प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...

प्रदेश- १ का मुख्यमन्त्री राईले हटाए आर्थिक मामिलामन्त्री आङ्बोलाई

काठमाडौं, ११ पुस-सरकार ढाल्न खाेजेकाे भन्दै प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले शनिबार साँझ...

कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित

काठमाडौं, ३० चैत-विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको...

अत्यावश्यकबाहेक सबै सेवा बन्द

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

संचारकर्मीलाई दुर्व्यवहार गर्ने बिग हस्पिटलका कर्मचारी पक्राउ

विराटनगर । अनुमति बेगार संचालन गरेको विग हस्पिटल शिलबन्दी गरेको समचार संकलन गर्न गएका संचारकर्मीमाथि हातपात गर्ने हस्पिटलका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरीले बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर ९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्