आइतबारदेखि मिल्स गोल्डकप, उद्घाटनमा फ्युजन र प्रोगेसिल युवा क्लब भिड्दै

 न्यूज विराट
आइतबारदेखि मिल्स गोल्डकप, उद्घाटनमा फ्युजन र प्रोगेसिल युवा क्लब भिड्दै

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको आयोजनाका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ हासिल गर्नेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । साथै, विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो ।
यस वर्षको प्रतियोगिताले पूर्वी नेपालमा फुटबलको स्तर उकास्न र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ट्रष्टका अध्यक्ष डंगोलले बताए । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने उनको भनाई छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला मार्फत हुने जानकारी आयोजकले दिएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ३८३ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोना भाइरस...

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

घिमिरे कल्याण परिषदले विराटनगरमा मंगलबार कुलपूजा गर्ने, एक हजार बढीको सहभागि हुने

विराटनगर । एकीकृत घिमिरे कल्याण परिषद केन्द्रीय कार्यालय पुष्पलाल चोक विराटनगरको परिषदले कुलपुजा देवाली गर्ने भएको छ । मंगलबारका दिन कुलपुजा देवाली विराटनगरमा हुने भएको हो । कुलपुजामा एक हजार बढी घिमिरे वन्धुहरुको उपस्थिती हुने...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...

अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाख (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय...

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री...

नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह, विद्यार्थी संगठनहरुको अडान कायमै

विराटनगर, १० माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्