राशिफल

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

 न्यूज विराट
विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

विराटनगरस्थित संसारी माईस्थानदेखि बी प्लटसम्म युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए । स्थानीय निकायको निर्वाचन गर, महंगी नियन्त्रण गर, मन्त्रालय फुटाउने निर्णय खारेज गर लगायतका नारासहित कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए । संसारी माईस्थानबाट निकालिएको राँके जुलुस बी प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकी, मोरङका पूर्वउपाध्यक्ष किशोर भट्टराई, युवा संघ नेता विनोद चहार, अनेरास्ववियू मोरङका पूर्वउपाध्यक्ष तुलसी घिमिरेलगायतले स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न माग गरे ।

उनीहरुले जनताको ढाड सेक्नेगरी गरिएको पेट्रोलिम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिनुपर्ने र महंगी नियन्त्र गर्न माग गरे । उनीहरुले हालै प्रदेश सरकारले प्रदेश १ मा मन्त्रालयहरु फुटाएर आर्थिक भार बढाउन खोजेकाले उक्त निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा कदम चालिने चेतावनीसमेत दिए ।

त्यस्तै प्रदेश र संघीय सरकार भागबण्डमा केन्द्रीत रहेर देशको ढुकुटी रित्याउन लागि परेको आरोप लगाउँदै त्यसविरुद्ध सवै युवा विद्यार्थीहरु उत्रिनुपर्ने बताए ।

राँके जुलुसमा अनेरास्ववियु केन्द्रीय सदस्यहरु कमल पौडेल, नवराज घिमिरेसहित एमालेका सयौँ कार्यकर्ताको उपस्थिती रहेको थियो । युवा संघ विराटनगर महानगर कमिटी अध्यक्ष किरण लामाको अध्यक्षमा आयोजित अकोणसभालाई अनेरास्ववियु विराटनगर महानगर कमिटी अध्यक्ष कुश थापाले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...