प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

 न्यूज विराट
प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ ।

आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सवै विकेट गुमाई ७६ रनको सामान्य रनमा सिमित भएको छ । उदयपुरकालागि प्रभात किरणले सर्वाधिक २६ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ५ विकेट लिँदा दिपेश कँडेल र मिनस थापाले २–२ विकेट लिए ।

७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १५ ओभरमा विना क्षति सो लक्ष्य पार गरेको थियो । मोरङको जितमा सकिवहकले अविजित ३६ रन बनाउँदा चिराग साहले अविजित ३१ रनको योगदान दिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले इलामलाई ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाई ९२ रनको सामान्य योगफल बनायो । सुनसरीकालागि सुमन घतानीले सर्वाधिक ४२ रनको योगदान दिए । प्लेयर अफ म्याच इलामका हेमन राई ७ विकेट लिए ।
९३ रनको विजयी लक्ष्य पाएको इलाम १७ दशमलव २ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो । इलामका शिवान्स बजगाईले सर्वाधिक १६ रनको योगदान दिए । सुनसरीका प्रकाश खत्रीले ४ विकेट लिँदा भुपाल लुइटेलले पनि ४ विकेट लिए ।
लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेको कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए । विहिबारसम्म भएको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप–२०८१ का लागि छनोट गरिने उनले बताए ।

सम्बन्धित समाचार

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको अडिसन विराटनगरमा शनिबार हुने भएको छ ।बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । प्रतियोगितामा...

जबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

कैलाली, ३ बैशाख-कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा ४ युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय...

एक महिनापछि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

काठमाडौं,  २८ भदौ-अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ ।  विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत २६ साउनमा बन्द भएको सेवा आजदेखि सुरु भएको हो...

श्रमिकको जीवनस्तर सुधार्न ल्याएको सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यानवयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

सुर्खेतमा थपिए १५ कोरोना संक्रमित, मृतक युवकको रिपोर्ट नेगेटिभ 

सुर्खेत, १५ जेठ-पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ संक्रमित फेला परेका छन् । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण...

विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले विद्यार्थी विद्यार्थी तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विधाइ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम...

रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्