जबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

 न्यूज विराट
जबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

कैलाली, ३ बैशाख-कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा ४ युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार पीडित किशोरी सोही नगरपालिका–१ स्थित चनौरामा रहेको आफन्तको घरमा यही १ वैशाखमा भेटघाट गर्न गएकी र मङ्गलबार बिहान आफ्नो घर धनगढीतर्फ फर्किने क्रममा खुरखुरीया नजिकै पुग्दा मोटरसाइकलमा आएका ४ जनाको समूहले करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

सो समुहले धारिलो हतियार देखाई पीडितसँगै रहेका ३ जनालाई कुटपिटसमेत गरी पीडितलाई त्यहाँबाट झण्डै १ सय मिटर टाढा एकान्त स्थानमा लगी जबरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार हँसिया र मोटरसाइकल बरामद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

सम्बन्धित समाचार

६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो...

अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...

क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु

बुटवल, २७ वैशाख-दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् । २ दिनदेखि क्वारेन्टाइनमा बसेकी यादवले शुक्रबार जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्...

चन्दा नपाएर प्रचण्डले शेयर बजारप्रति रिस पोखे बोले : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दा नपाएको रिस पोखेको भनी आरोप लगाएका छन् । केही दिनअघि अध्यक्ष प्रचण्डले शेयर बजारबारे दिएको अभिव्यक्तिलाई लिएर ओलीले यस्तो आरोप...

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ जेठ-नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा पोजिटिभ देखिएका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा...

मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर, १६ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि एकसाता थप गरेको छ । सोमबारबाट लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा २४...

अनलाइन बन्द गराउने काउन्सिलको निर्णय संविधान विपरितः अनलाइन पत्रकार संघ

१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ । कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार...

भारतीय कारबाट ७३ किलो गाजा बरामद, विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्याल रानी विराटनगरले भारतीय नम्बर प्लेटको कारबाट लागुऔषध गाँजा बरामद भएको छ । कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा आइतबार बिहानका राति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्