विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यू मून स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ ।
पहिलो खेलमा अर्र्किड स्कुलले डिएभी स्कुललाई ९ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १७ दशमल २ बलमा सवै विकेट गुमाई ७२ रन बनाएको थियो । डिएभीका लागि प्रभान्सु कर्णले सर्वाधिक १६ रनको योगदान दिए । अर्किडका सुजन यादवले ३ विकेट लिँदा प्रेम कामतले २ विकेट लिए । ७३ रनको लक्ष्य पछ्याएको अर्किडले ७ दशमलव ३ बलमा १ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५० रनको योगदान दिए । डिएभीका केशव झाले १ विकेट लिए ।
दोस्रो खेलमा न्यू मून स्कुलले अरनिको स्कुललाई ५८ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । न्यूमूनकालागि इस्तियाक आलमले सर्वाधिक ३६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिए ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो । अरनिकोका प्रिन्स मेहताले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच समिर आलमले–३ विकेट लिए ।
विराटनगर । विराटनगरबाट पनि अब सवारी चालक लाइसेन्स लिन सकिने भएको छ। सोमबार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए। हालसम्म प्रदेश १ मा...
काठमाडौं, जेठ ४-प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समयसम्म कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै देउवाले निर्मला हत्याको...
इराकका राष्ट्रपति रहेका सद्दाम हुसेनलाई ३० डिसेम्बरमा फाँसी दिइएको थियो । उनको मृत्युको १५ वर्षपछि छोरी रगद हुसेनले इराकका नागरिकहरूलाई अरब क्षेत्रकाे परिवर्तनका लागि भूमिका निर्वाह गर्न अपिल गरेकी छन् । आफ्ना पिताकाे एक ठूलाे...
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले...
काठमाडौं, २७ वैशाख-विश्व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...
काठमाडाैं, १ जेठ-यूएई सरकारले भिजिट र इम्प्लोइमेन्ट सबै किसिमका भिसामा लागेको जरिमाना (फाइन)हरू मिनाहा गरेको छ । पहिले १ मार्चयता लागेको फाइन मात्र मिनाहा गरेको थियो भने पछिल्लो निर्णयले १ मार्चभन्दा अघि भिसा सकिएर लागेका...
विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न...
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा...