टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

 न्यूज विराट
टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ ।
आर्मीले यस सिजनमा पिएम कप र केपी आली कप गरि २ पटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग फाइनलमा पराजित भएको हो ।
टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ६३ रनको योगफल तयार पारेको थियो । सुदुरका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका छन् । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिँदा नितेश पटेल ३ विकेट लिए ।

जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्ध सतकले १९ दशमलव १ बलमा ५ विकेटको सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा २ छक्का र ५ चौका प्रहार गरि अविजित ५० रनमा बनाउँदा तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दिपक वोहोराले २ विकेट लिँदा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको स्कोर बनाएको थियो । लुम्बिनीकालागि आकाश त्रिपाटीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरि ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ म्याच दिपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट दिवान पुनले २ विकेट लिए ।

जवाफमा १ सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरि अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए । एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटो विकेटकालागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे । त्ययस्तै रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका विर मगर, निर्मल गुरुङ, देव खनाल नर साकीृ र कृष्ण कार्कीले समान १–१ विकेट लिए ।

फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...

सर्वोच्चको फैसलाको जनतामाझ भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाको जनतामाझ भण्डाफोर गर्ने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्ने भएकाले त्यसविरुद्ध जनतामाझ जाने निर्णय भएको प्रमुख...

मोरङ ६(१) बाट माओवादीका जीवन आचार्य विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका...

हिसान स्पोर्टस मिट मंगलबारदेखि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो । हिसान मोरङले आइतबार...

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...

जिवन विकास समाजले सुरु गर्यो ५ सय बिघा बाँझो जमिनमा खेती गर्ने अभियान

विराटनगर, भदौ १९–शहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात...

मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम...

पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

काठमाडाैं, १४ वैशाख-फेसबुक र ट्विटरबाट अफवाह फैलाएकाे आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको हो । अभियोगपत्रमा उनलाई ५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्