सद्दाम हुसेनलाई फाँसी दिएकाे १५ वर्षपछि उनकी छाेरीले गरिन् यस्ताे अपिल

 न्यूज विराट
सद्दाम हुसेनलाई फाँसी दिएकाे १५ वर्षपछि उनकी छाेरीले गरिन् यस्ताे अपिल

इराकका राष्ट्रपति रहेका सद्दाम हुसेनलाई ३० डिसेम्बरमा फाँसी दिइएको थियो । उनको मृत्युको १५ वर्षपछि छोरी रगद हुसेनले इराकका नागरिकहरूलाई अरब क्षेत्रकाे परिवर्तनका लागि भूमिका निर्वाह गर्न अपिल गरेकी छन् ।

आफ्ना पिताकाे एक ठूलाे तस्वीरकाे अगाडि बसेर रगदले एकअर्काप्रतिकाे शत्रुता त्यागेर एकजुट हुन अपिल गरेकी हुन् । उनले सम्प्रदाय र आफ्नाे पृष्ठभूमिलाई पछाडि छाडेर एकअर्कालाई माफी दिएर अघि बढ्न पनि आग्रह गरेकी छन् ।

रगदले आफ्नाे सम्बाेधनमा इराकले अरबका कुनै पनि गुटमा सहभागी हुन नहुने धारणा राखेकी छन् ।

उनले भनेकी छन्, ‘इराकले अरबका कुनै गुटमा सहभागी हुन जरुरी छैन । म तपाईँहरूलाई आग्रह गर्छु कि आपसी मतभेदलाई बिर्साैँ । हामी एकजुट भयाैँ भने मात्रै इराकका लागि केही गर्न सक्नेछाैँ ।’

रगदले आफ्ना पिताकाे १५औँ स्मृति दिवसका अवसरमा एक रेकर्ड गरिएकाे सन्देश जारी गर्दै यस्ताे अपिल गरेकी हुन् । रगदले भविष्यमा इराककाे राजनीतिमा आउने सम्भावनालाई इन्कार गरेकी छैनन् ।

सद्दाम हुसेनकी जेठी छाेरी रगदकाे विद्यालय पढ्दै गर्दा विवाह भएकाे थियाे । त्यतिबेला उनकाे उमेर १५ वर्षकाे थियाे । उनकाे विवाहका बेला इराक र इरानबीच युद्ध चलिरहेकाे थियाे ।

सन् १९९६काे फरवरीमा २५ वर्षकाे हुँदा रगदले आफ्नाे परिवारकाे आग्रहमा सम्बन्धबिच्छेद गरेकी थिइन् । त्यसकाे दुई दिनपछि उनका पतिकाे हत्या भएकाे थियाे ।

सन् २००६ को ३० डिसेम्बरमा सद्दाम हुसेनलाई फाँसी दिइएको थियो । मानवताविरुद्धको अपराध गरेको अभियोगमा उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

सम्बन्धित समाचार

देशभर चिसो बढ्दो क्रममा

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कताअपनाउन जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिन यता राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागिरहेको...

कोरोना संक्रमणबाट काठमाडौंका ९ जनासहित १९ को मृत्यु

काठमाडौं, १९ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १४ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको...

विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि...

प्याब्सन स्पोर्टस मिट, रोड रेसमा मिनील्याण्ड, पब्लिक सेन्ट्रल र ग्रिनभ्याली बिजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो...

मोरङमा ५(१) काँग्रेसका गयानन्द मण्डल निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, जेठ १५-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट...

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्