थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

 न्यूज विराट
थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएकाे बताएका हुन् ।

´थारू संस्कृतिलाई गाैरवपूर्ण बनाअैां र यसकाे अन्तर्राष्ट्रियकरण गराैं,` उनले भने, ´थारू संस्कृति याे प्रदेशकाे ठूलाे सम्पति हाे, यसलाई मास्न दिनुहुँदैन ।` थारू समुदायकाे घरकाे भित्तामा महिलाहरूले बनाउने चित्र सम्पति भएकाेले त्यसलाई मासिन नहुने मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।

´थारू संस्कृति, समाजकाे कथा र व्यथा झल्किने भित्ता भएकाे घरलाई थारू हाेमस्टे बनाएर बाहिरबाटआएका मान्छेलाई मेजवानी राखाैं,` उनले भने, ´हाेमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गाैरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूकाे ग्राम थानलगायतका संस्कृतिकाे अध्ययन गराउनु पर्छ जसले थारू संस्कृतिका साथै प्रदेश र देशकाे गाैरव बढाउँछ ।`

प्रदेश सरकारले सम्पूर्ण थारू, राजबंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यककाे भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियाेजन गरेर काम अघि बढाएकाे उनले बताएका हुन् ।

महाभारतकालकाे पाैराणिक ईतिहास बाेकेकाे बर्जु पछि परेकाेले प्रदेश सरकारले विराटनगरसँग जाेडेर सहरकाे रूपमा विकास गर्न केसलीयाकाे दुबै किनारमा सडक निर्माण गर्न गइरहेकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार

‘संसदीय मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्छ’  

काठमाडौं, १६ असार-प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य र मान्यतालाई व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् । संसद दिवसको अवसरमा आज...

मेयर नै आन्दोलनमा

जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै...

तोकियो गहुँको समर्थन मूल्य, प्रतिक्‍वीन्टल ९६ रुपैयाँ बढाइयो

सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । गत वर्षको तुलनामा केही रकम बढाएर सरकारले गहुँको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको समर्थन मूल्य बढाउने प्रस्ताव २० फागुनमा...

सरकारलाई लायन्सको सहयोग

काठमाडौं, १४ वैशाख-लायन्स क्लबले सरकारलाई ५७ लाख ४९ हजार रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा कार्यक्रममार्फत क्लबले मन्त्रीलाई हस्तान्तरण गरेको हो । विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि उक्त सामग्री दिएको क्लबले...

बुहानमा दुई महिनापछि लकडाउन खुल्यो

चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको बुहान शहरमा सोमबारदेखि सतर्कतासाथ मानिसको आवागमन शुरु भएको छ ।भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै बुहानमा झण्डै दुई महिनासम्म १ करोड १० लाख मानिस घरभित्रै बसेका थिए । स्थानीय सरकारले हुबे...

१६ डिआइजीको सरूवा, कोशीमा चन्द्रकुवेर खापुङ

विराटनगर । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरूवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको...

भारतको उत्तर प्रदेशमा २ ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु

एजेन्सी, जेठ ३-भारतको उत्तर प्रदेशमा २ ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरू केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्