विराट गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा आर्मी र कोलकाताको साउथर्न क्लब भिड्ने

 न्यूज विराट
विराट गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा आर्मी र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । ९ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको टाइसिट सार्वजानिक भएको छ । विराटनगर सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट हुने रात्रिकलीन फुटबल प्रतियोगिता फागुन १९ गते उद्घाटन हुने भएको छ । उद्घाटन खेलमा विभागीय टिम त्रिभूवन आर्मी र पाहुना टोली भारत कोलकाताको साउथर्न समिति फुटबल क्लब बीच हुने भएको छ ।

फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारत बीच हुनेछ । त्यसैगरी फागुन २१ गते पहिलो क्वाटरफाइनल खेल हुने भएको छ । पहिलो क्वाटरफाइन खेल आयोजक रिजालको मोरङ ११ र उद्घाटन खेलका बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २२ गते दोस्रो क्वाटरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाइ पाएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बलको बिजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ ।
फागुन २३ गते मच्छिन्द्र र थ्रि स्टार बीच हुनेछ भने फागुन २४ गते चर्च व्याइज फुटबल क्लब काठमाण्डौं र एन आरटी क्लब काठमाण्डौ बिच हुनेछ । फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ ।

प्रतियोगितामा बिदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । यस पटक बिजेतालाई ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौं संस्करणको भन्दा पुरस्कार राशी झण्डै आधा घटाएको थियो । सातौं संस्करणमा बिजेतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौ संस्कराण्मा बिजेतालाई ९ लाखा १५ हजार र उपबिजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएर राखिएको थियो । यस पटक बढाएको छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वोकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेकृो थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने विराट गोल्डकपका संयोजक नविन रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरु मध्येबाट पाँच जनालार्य दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरि ताज पहिरिने तयारी गरिएको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्म ट्रष्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष रिजाललाई दिएको हो । ५ औं संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८ औं संस्करणमा लगातार ठूलो घाटामा व्यहोरेको थियो । ट्रष्टको बैठकले ९ औं संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४÷०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौंपछि पहिलो पटक विराटनगरमै रात्रिकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रिकलीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए ।

सम्बन्धित समाचार

न्यूरो सर्जन डाक्टर रोकालाई एनएमएको सम्मान र विदाई

विराटनगर । चर्चित वरिष्ठ न्यूरो सर्जन डाक्टर याम बहादुर रोककालाई सम्मान र विदाई कार्यक्रम गरेको छ । नेपाल चिकित्सक संघ (एनएमए) कोशी प्रदेशले रोकालाई बिहीबार विहान सम्मान र विदाइ कार्यक्रम गरेको हो ।विराटनगरमा बसेर पूर्व...

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

आइपीएल अक्सनमा नेपालबाट सन्दीपसहित ८ खेलाडीको नाम पठाइयो

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीको नाम सिफारिस गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १८ फेब्रुअरीदेखि चेन्नइमा हुने आइपीएलको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम सिफारिस गरेको हो ।...

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न १० संगठनको माग

विराटनगर, माघ १६–विभिन्न १० संगठनले प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ हुनुपर्ने माग राखेका छन् । लिम्बुवान संघर्ष समितिमा आवद्ध ती संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलनसमेत गर्ने भएको छ । वर्तमान प्रदेश १...

१५ करोडको लगानीमा जनरल हस्पिटल आफ्नै भवनमा, बुधबार हुदैछ उद्घाटन

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनमा हस्पिटल सञ्चालनमा आउने...

कैलालीको भजनी नाकाबाट ५ जना प्रहरीलाई छलेर नेपाल भित्रिए

धनगढी, १३ वैशाख-कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन र सिमासिलकाबीच पनि भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट लुकी छिपी नेपाल आउनेक्रम रोकिएको छैन । सशस्त्र प्रहरीलाई छल्दै मध्यरातमा कैलालीको भजनीनाकाबाट ५ जना नेपाली नेपाल प्रवेश गरेका...

नेकपाको स्थायी कमिटी बैठक एक घन्टामै स्थगित

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक घन्टामै स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, केशव खतिवडा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्