राशिफल

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न १० संगठनको माग

 न्यूज विराट
प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न १० संगठनको माग

विराटनगर, माघ १६–विभिन्न १० संगठनले प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ हुनुपर्ने माग राखेका छन् । लिम्बुवान संघर्ष समितिमा आवद्ध ती संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलनसमेत गर्ने भएको छ । वर्तमान प्रदेश १ को भौगोलिक अवस्था तथा सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवं पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नामकरण हुनुपर्ने समितिको तर्क छ ।

विभिन्न राजनीतिक आन्दोलन, विगतमा नेपाल सरकारसँग पटक(पटक भएका सहमतिहरु र २००७ सालको क्रान्ति, जनयुद्ध, जनआन्दोलन तथा मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन र लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई साझा पहिचानको आधारमा उक्त नाम उपयुक्त हुने समितिको ठहर छ । सुरु हुन गइरहेको प्रदेश १ को अधिवेशनमा प्रदेश सभा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकार र राजनीतिक दलहरुबाट उक्त मागलाई सम्बोधनका लागि समितिले अपिल गरेको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...